आज प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस,नेकपा एमाले महासचिवको सन्देस
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १३।
नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज रहेको २२ औं स्मृति दिवसमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एक प्रेस बिज्ञप्ति जारी गर्ने उनको स्मरण गरेका छन। २०५६ शाल बैशाख १३ गते काठमाण्डौको गोठाटारमा चुनावी र्यालीको दौरान बेहोस भएका अधिकारीको बैशाख १३ गते निधन भएको थियो।
कोभिड– १९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम नराखिएकोले स्मृति दिवसका अवसरमा सन्देश दिँदै उपप्रधानमन्त्री एवं मनमोहन प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय अधिकारीले स्थापित गर्नुभएका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताएएका छन।
‘सरल, शालिन र सादगी जीवन नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरु हुन्’– उपप्रधानमन्त्री पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्वपूर्ण अभिभावकीय भूमिका खेल्नुभएको उल्लेख गर्दै पोखरेलले भनेका छन, ‘आजको यस विशेष दिनले नेकपा (एमाले)का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु ।’
पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।
उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।’, विज्ञप्तिमा भनिएको छ ।पोखरेल २०५१ सालमा अधिकारी नेतृत्वको एमालेको लोकप्रिय सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।