नयाँ बानेश्वरमा स्पोर्टस् युनिभर्सको दोश्रो आउटलेट

कपन अनलाइन

काठमाडौं ,बैशाख १०।

स्पोर्टस् युनिभर्सले खेलकुदका विभिन्न ब्रान्डका सामाग्रीसहितको दोस्रो आउटलेट सुरु गरेको छ । स्पोर्टस् युनिभर्सले ६ वर्षअघि नयाँ बानेश्वरको शंखमुल जाने बाटोमा सिटिजन बैंक रहेको भवनमा आफ्नो पहिलो आउटलेट सुरु गरेको थियो । सोही भवनको ग्राउन्ड फ्लोरमा दोस्रो आउट लेट सुरु गरिएको हो ।
कीर्तिमानी धावक जीतबहादुर केसी, वैकुण्ठ मानन्धर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र कलाकार तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको पहल गरिरहेको धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले संयुक्त रुपमा आउटलेटको उद्घाटन गरेका छन् ।
स्पोर्टस् युनिभर्स नेपाली ब्रान्ड गोल्ड स्टारसहित पिक, एक्सटेप, इरिक, युएसआई, निभिया र कोक्सटन्सको आधिकारिक विक्रेता हो । आउलेटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, साइक्लिङ, तेक्वान्दो, कराते, बक्सिङ, टेबल टेनिस, ब्याडमिन्टन, किक बक्सिङ लगायतका सबै खेलका खेल सामाग्री पाइने स्पोर्टस् युनिभर्सले जनाएको छ ।
ओलम्पियन दीपक विष्ट, आत्मराम श्रेष्ठ, राजु अवस्थी किशोर जोशीले संयुक्त रुपमा स्पोर्टस् युनिभर्स सञ्चालन गर्दै आएका छन् । स्पोर्टस युनिभर्सले आवश्यकता अनुसार जर्सी र अन्य खेल सामाग्री समेत तयार गर्दै आएको छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै स्पोर्टस् युनिभयर्सले आफ्नो आउटलेट विस्तार र धेरै ब्रान्डका खेल सामाग्री एकै ठाँउमा उपलब्ध गराउने प्रयास स्वरुप दोस्रो आउटलेट सुरु गरेको बताएको छ ।

तपाइँको प्रतिक्रिया ।