कुनै हालतमा माफी नमाग्ने भनेपछि झन् हल्लिचल्लि

KP-OLI_20110604083220कपन अनलाइन\पुस २४, २०७१

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मधेश र मधेशी जनतालाई अपमान गर्ने अभिव्यक्ति दिएको भनी पुत्ला जलाउँदै गरेको बेला एमाले नेता केपी शर्मा ओलीले भने आफू कुनै हालतमा माफी नमाग्ने अभिव्यक्ति दिएका छन् । यो अभिव्यक्तिले झनै हलचल मच्चाएको छ । यतिखेर अनलाइन मिडिया तथा सामाजिक सँजालभरी ओलीको यही बोली छाएको छ ।

प्रधानमन्त्री निवासमा अभिव्यक्ति दिएलगत्तै मोर्चाले विज्ञप्ति जारी गर्दै ओलीले माफी नमागे आफूहरू एमालेका नेताहरू सहभागी कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने बताएको थियो । बैठकमा भारतको यूपी र विहार मधेशमा गाभ्ने विषयमा अभिव्यक्ति दिएका केपी ओलीले भने आफू ज्युँदो हुन्जेलसम्म कुनै हालतमा माफी नमाग्ने बताउँदै आएका छन् ।

मधेश र मधेशी जनतालाई होच्याउने अभिव्यक्ति दिएका कारण मधेशी मोर्चा एमालेसँग कुनै पनि वार्तामा बस्न तयार नरहेको बुधबार मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया ।