नेपाली बजारमा एन्ड्रोइड वान मोवाइल

नेपाली बजारमा एन्ड्रोइड वान मोवाइल

कपन अनलाइन\२०७१, पुस २४

स्मार्टफोनले बजारमा प्रभुत्व जमाएको बेला गुगलले सस्तो मूल्यमा महँगा स्मार्टफोनको फिचर उपलब्ध भएको एन्ड्रोइड वान सेट नेपाली बजारमा ल्याउन लागेको छ । एन्ड्रोइड किटक्याट सिस्टम सहित नेपाली बजारमा भित्रिन लागेको सेटले छिट्टै नै एन्ड्रोइड ललिपप सिस्टम प्रयोगमा ल्याउने छ । कम्तीमा २ वर्षसम्म निरन्तर अपडेटहरू आउने जनाइएको एन्ड्रोइड वानको नेपाली बजारमा चर्चा चुलिएको खबर बाहिर आइरहेको समयमा  सेटको औपचारिक बिक्रीवितरण सुरु गर्न लागिएको हो ।

a1.002

नेपाल लगायत दक्षिण एसियाली जनताहरूको आर्थिक अवस्थालाई मध्यनजर गर्दै ल्याउन लागिएको स्मार्टफोनको नेपाली मूल्य पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँभित्र रहने जनाइएको छ । भारतमा सेप्टेम्बरदेखि नै बिक्री वितरण गरिएको सेटलाई छिट्टै नै बाँकी दक्षिण एसियाली राष्ट्रहरूमा पु¥याउने कम्पनीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।