नक्कली पीसीआर रिपोर्ट बनाउने ८ जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

नक्कली पीसीआर रिपोर्ट बनाउने ८ जनालाई पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिकाका सञ्चालक र कर्मचारी गरी ८ जनालाई पक्राउ गरेको हो ।

सुरिया हेल्थकेयरका सञ्चालक डा.सि.पी श्रीकुमार र मेरिट मल्टी केयरका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र रायमाझीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमुना समेत नलिई दिने गरेको खुलेको महाशाखाले जनाएको छ।

प्रहरीकाअनुसार उनीहरुले नमुनासमेत नलिई एक–दुई घण्टामै नक्कली रिपोर्ट दिने गरेका थिए । विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट मेरिट मल्टी केयर मेडिकल सेन्टरका ऐजेन्टहरुले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार लिई सुरिया हेल्थकेयरसँगको मिलेमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाइदिने गरेको खुलेको महाशाखाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।