डाँका मुद्दामा संलग्न पांच अभियुक्त पक्राउ

डाँका मुद्दामा संलग्न पांच अभियुक्त पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ८।

डाँका मुद्दामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका-१३ खनार बस्ने ३२ वर्षीय नमाजुद्दिन आलम, दुहवी नगरपालिका-६ छातावेली टोल बस्ने २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगा गाउँपालिका-४ बस्ने ३० वर्षीय अजिम मिया, सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३६ वर्षीया सृजना चौधरी र सर्वन उराव रहेका छन् ।
घटनाको मुख्य योजनाकार सृर्जना चौधरीले आफ्नो घरमा २०७७ जेठ २३ गते मानिसहरु प्रवेश गरी घर तथा स्कुटर तोडफोड गरेको विषयमा आफ्नै काका ससुरा बर्जु गाउँपालिका-१ बस्ने सुभाष चौधरीलाई शंका गरी रिसइवि साध्ने सोचले आफ्नो श्रीमानको हकमा रहेको पैत्रिक सम्पत्ति वेचबिखन गरी ३० लाख रुपैयाँ घरमै राखेको भनी २०७७ फागुन ६ गते राति सुभाषको घरमा गई सुभाष र उनका परिवारलाई कुटपिट गरी घरमा भएको नगद ५४ हजार रुपैयाँ लुटी लगेको अनुसन्धानबाट खुल्न आएको छ । साथै मिस फायर भएको १ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।