पुरुषोत्तम पौडेललाई खेलकुद महासंघको अध्यक्ष बाट हटाएको घोषणा गर्दछौ : रमेश पौडेल
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ७।
नेपाल खेलकुद महासंघका संयोजक रमेश पौडेलले महासंघका संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेललाई कारवाही गर्दै अध्यक्ष बाट हटाएको घोषणा गरेका छन।
काठमाडौंको रास्ट्रिय सभा गृहमा आयोजना गरिएको रास्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै पौडेलले आफुले अध्यक्षता गर्नु भन्दा पहिला संस्थापक अध्यक्ष पुरुषोत्तम पौडेललाई कार्वाही गरेर हटाउनका लागि भेला समक्ष प्रस्ताव गरेका थिए ।
सो भेलामा उनले पुर्व अध्यक्ष पौडेल राजनीतिक र खेलकुद प्रवर्द्धनको मुल मार्ग बाट विचलित भै बरालिएर हिडेको आरोप लगाउदै अबको खेलकुद महासंघ हिजोको जस्तो जोखाना हेर्दै उघेर नबस्ने कार्यकर्ताहरुलाई विस्वास दिलाएका थिए ।
विगतमा नेपाल खेलकुद महासंघ कुनै अमुक नेताको कार्यकर्ता संरक्षण गर्ने गुट मात्र बनेको गम्भीर आरोप लगाउदै संयोजक पौडेलले अबको खेलकुद महासंघ खेल , खेलाडी , प्रशिक्षक र खेलप्रेमीको साझा संगठन हुने बताएका थिए ।