गोकर्णेश्वर नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण देखियो

गोकर्णेश्वर नगरपालिकाका ४६ जनामा कोरोना संक्रमण देखियो

कपन अनलाइन

काठमाडौँ, बैशाख  ६।   गोकर्णेश्वर नगरपालिकामा  २०७७ साल चैत्र देखि हाल सम्म ३१ जना पुरुष  र १५ जना महिला  गरि कुल ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको छ। जस अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ९ जना पुरुष र ४ जना महिला गरि कुल १३ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नं २ मा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्यायले जानकारी गराएका छन। त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा ५ जना पुरुष र ४ जना महिला गरि ९ जना संक्रमित रहेको त्यसै गरि वडा नं५मा ७ जना पुरुष र २ जना महिला गरि ९ जनामा संक्रमण पुष्टि भएको छ भने गोकर्णेश्वर नगरपालिका  वडा नं६ मा २ जना पुरुष र १ जना महिला गरि ३ जना संक्रमित भेटिएको जानकारी गराएको छ ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा १ जना पुरुष र ३ जना महिला गरि ४ जनामा संक्रमण पुष्टि भएको छ भने गोकर्णेश्वर मा१  जना पुरुष र १ जना महिलामा  संक्रमण पुष्टि भएको जानकरी गराएको छ। त्यसैगरि गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा ४ जना पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ  भने  गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा २०७७ साल चैत्र देखि कोहिमा पनि संक्रमण पुष्टि नभएको जनाएको छ ।साथै नगरपालिकाले   कोरोनाको कहर पुन बढ्दै गएको हुँदा  थप   स्वास्थ्य सतर्कता  अपनाउन अनुरोध गरेको  छ । नगरपालिका  स्वास्थ्य शाखाले   भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।