बैशाख मसान्त सम्म विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय
कपन अनलाइन
रसुवा,बैशाख ६।
नेपाल सरकारको मन्त्रि परिषदले कोरोनाको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उ तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन गर्ने निर्णय मन्त्रि परिषदले गरेको छ।
त्यस्तै रगंशालाकाे हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसाे हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज दर्शकविना सन्चालन हुनेछ ।
तपाइँको प्रतिक्रिया ।