नेपाल खनाल पक्षले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा संयोजक तोक्यो ,को को बने ?

नेपाल खनाल पक्षले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा संयोजक तोक्यो ,को को बने ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ५।

नेकपा एमालेमा समानान्तर गतिविधिलाई संचालन गरिरहेका नेपाल–झलनाथ खनाल पक्षले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।

काठमाडौंको समानान्तर जिल्ला कमिटीको बैठकले काठमाडौं क्षेत्र नं १ मा ओमकुमारी श्रेष्ठ, क्षेत्र नं २ मा रुद्र चापागाईं, क्षेत्र नं ३ मा विमल अर्याल, क्षेत्र नं ४ मा ध्रुवराज न्यौपाने , क्षेत्र नं –५ मा आरके सेढाईं,क्षेत्र नं ६ मा लक्ष्मण बिडारी,क्षेत्र नं ७ मा सञ्जयराज शर्मा, क्षेत्र नं ८ मा दीपक महर्जन,क्षेत्र नं ९ मा ईश्वर बिडारी र क्षेत्र नं १० मा बटुकृष्ण थापालाई संयोजक तोकेको हो ।

 

तपाइँको प्रतिक्रिया ।