प्याब्सनको एस इ इ प्रि बोर्ड परीक्षा आज बाट सुरु

प्याब्सनको एस इ इ प्रि बोर्ड परीक्षा आज बाट सुरु

कपन अनलाइन 

काठमाडौँ, बैशाख ५। निजि तथा आबासिय बिद्यालय हरुको छाता संगठन  प्याब्सन ले आफू मातहतका देसभरका ४५०० भन्दा बढी बिद्यालयहरु मा आज बाट  एस ई ई प्रि बोर्ड  परिक्षा संचालन गरेको छ ।

बढ्दो कोरोनाको प्रभावलाई ध्यानमा राखी  होम सेन्ट को अबधारणा अनुसार परिक्षा संचालन भैरहेको प्याब्सन  काठमाडौ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले  जानकारी दिए । प्याब्सन  अन्तर्गतका बिद्यालयहरुमा बैशाख ५ देखि १४ गते सम्म परीक्षा संचालन हुनेछ । यसै गरि निजि तथा आबासिय बिद्यालयहरु को अर्को छाता संगठन नेसनल प्याब्सनले  ले भने बैशाख ९ गते बाट प्रि बोर्ड  परिक्षा संचालन गर्ने भएको छ  । आफू मातहतको २५६२ बिद्यालयहरुमा  होम सेन्टर  अनुसार नै परिक्षा संचालन गरिने नेसनल प्याब्सन का राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले जानकारी गराए । सामुदायिक बिद्यालयहरुमा भने  प्रि बोर्ड  परिक्षा हुने वा नहुने अझै निश्चित भैसकेको छैन ।

तपाइँको प्रतिक्रिया ।