कोरोना जोखिम बढे संगै स्वास्थ्य सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापाको अनुरोध

कोरोना जोखिम बढे संगै स्वास्थ्य सतर्कता अपनाउन कागेश्वरी मनोहरा नगर प्रमुख कृष्णहरि थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं, बैशाख ४ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले नेपालमा कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन अनुरोध गरेका छन्  ।कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथामका लागि  बिभिन्न कार्यक्रम गर्दै आएको जानकारी गराउदै    २०७८ साल बैशाख गते ३ सम्म कागेश्वरी मनोहरा नगरपालिकामा Covid 19 को खोप  पश्चात् निम्न वडाहरूमा Covid 19 का संक्रमित देखीएको  हुदाँ सजगता अपनाउन सबैमा अनुरोध गरेका छन।हाल सम्म नगरपालिकामा २२ जनामा संक्रमण पुष्टि भएको हो   ।

कागेश्वरी मनोहरा वडा नं. ३ मा १ जना, वडा नं. ४ मा २ जना,  वडा नं. ५ मा ३ जना,वडा नं. ६ मा ३ जना, वडा नं. ७ मा ३ जना वडा नं. ८ मा ४ जना,वडा नं. ९ मा ६ जना  गरि कुल२२ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि उनले जानकारी गराए  ।

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।