उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, बैशाख २ ।उप्रेती समाजसेवा समितिको बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । समाजका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख निर्बाचन आयुक्त श्री निलकण्ठ उप्रेती प्रमुख आतिथ्यमा सम्पन्न उक्त  कार्यक्रममा डा. बिष्णु राज उप्रेती तथा प्रहरी सेवाबाट निबृत  गीता उप्रेती  लगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

समाजसेवा समिति तथा लक्ष्मी देबि – गंगा प्रसाद उप्रेती स्मृति प्रतिष्ठानको संयुक्त सम्मान र पुरस्कार बितरण समारोहमा बिभिन्न ५ वटा सामाजिक सेवामा कार्यरत संस्था सम्मानित भएका थिए ।कार्यक्रममा समाजका महासचिब लक्ष्मण प्रसाद उप्रेतीले स्वागत मन्तब्य र बरिष्ठ उपाध्यक्ष ओम प्रसाद उप्रेतीले धन्यबाद ज्ञापन गरेको कार्यक्रममा कार्यक्रममा उपाध्यक्ष डा. धर्म राज उप्रेतीले दाताको सहयोग हस्तान्तरणमा समन्वय गरेका थिए ।

सम्मान बितरण कार्यक्रममा अक्षयकोषदाताको तर्फबाट श्री तुलसि प्रसाद उप्रेती र लक्ष्मी देबि – गंगाप्रसाद उप्रेती स्मृति प्रतिष्ठानको तर्फबाट श्री प्रेम प्रकाश उप्रेतीले मन्तब्य राखेका थिए । दुबै कार्यक्रम समाजका अध्यक्ष मोहन कृष्ण उप्रेतीको अध्यक्षतामा भएको थियो  कार्यक्रममा  अक्षय कोषबाट समाजसेवी सुनौलो पाईलाका अध्यक्ष  रोजिना बिष्ट (रोज)  र आवाज संस्थाका ईरादा पराजुली गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।उप्रेती समाजसेवा समितिलाई बिशेष सहयोग गर्ने ई. मन्जिल उप्रेती तथा होटल तपसका संचालक खेमराज उप्रेतीलाइ समाते  प्रशंसापत्र बाट सम्मान गरिएको थियो  । समाजको साधारणसभामा आ.ब. २०७६र७७ को बार्षिक तथा आर्थिक प्रतिबेदन पारित भएका थिए । सभामा समाजको भावी रणनीतिको बारेमा  समेत छलफल  गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।