सिन्धुपाल्चोकको लिसंखुपाखरमा नेकपा एमाले दुई समुहका नेता एक मंचमा

सिन्धुपाल्चोकको लिसंखुपाखरमा नेकपा एमाले दुई समुहका नेता एक मंचमा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २९/विशाल आचार्य

फरक फरक समुहका नेता कार्यकर्ताबिच हेराहेर र बोलचाल सम्म बन्द भइरहेका बेला शनिबार लिसंखुपाखर गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा भने नेताद्वय अरुण नेपाल र सरेश नेपाल एउटै मञ्चमा बसेर कार्यकर्तालाई सम्बोधन गरेका छन् ।
पार्टीमा आन्तरिक किचलोका कारण दुई खेमामा उभिएका नेकपा एमालेका नेता अरुण नेपाल र सरेश नेपाल शनिबार एउटै मञ्चमा देखिएका हुन । गाउँपालिकास्तरीय कार्यकर्ता भेलामा दुवै नेता उपस्थित भएर पार्टी कार्यालय समेत स्थापना गरिएको छ ।
संयुक्त रुपमा पार्टी कार्यालयको होर्डीङ बोर्ड राख्दै दुवै नेताले पार्टी एकताका लागी सकारात्मक सन्देश दिएका छन् । कार्यक्रममा दुवै नेतालाई उपस्थित गराएर बिभाजन बिरुद्धको सन्देश दिनका लागी एमाले नेता एवम लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपालले समन्वयकारी भुमिका निर्वाह गरेका थिए ।
दुवै नेतालाई एउटै मञ्चमा देखेपछि लिसंखुपाखरका एमाले नेता कार्यकर्ता उत्साहित देखिन्थे र अचम्मित देखिन्थे । यस अघि जुगल गाउँपालिकामा बिभाजनका बिरुद्ध सन्देश दिन संयुक्त कार्यक्रम गरिएको थियो ।
तपाइँको प्रतिक्रिया ।