नेपाल स्काउटको ट्राफिक सहयोग अभियान सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २८/नविना श्रेष्ठ
काठमाण्डौ महानगरका १५ स्थान भन्दा बढी दैनिक २०० जना नेपाल स्काउटका रोभर रेञ्जरहरुले ट्राफिक प्रहरीलाई सहयोग अभियान चैत २५ गते सकिएको छ।
ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपाल स्काउटले केशर महल, दरवारमार्ग, त्रिचन्द्र कलेज अगाडि, रत्नपार्क, सिंहदरवार चोक, थापाथली चोक, त्रिपुरेश्वर चोक, टेकु चोक, कालीमाटी चोक, नयाँ बानेश्वर चोक, बानेश्वर, पानीट्यांकी चोक, शंकरदेब क्यम्पस चोक, कोटेश्वर, पुतलीसडक, गौशाला, चाबहिल,महाराजगन्ज चोकमा दैनिक ६ घण्टा स्वयंसेवकको भूमिका निर्वाह गरेको थियो।
दरवारमार्गका डिएसपी (DSP) रामेश्वर पाैडेल र इनिस्पेक्टर (INSP) पबिन्द्र बमले ट्राफिक प्रहरीसँगकाे साझेदारीमा प्रहरीलाई सहयोग गर्न सडकमा खटिएका मच्छिन्द्र क्यूका रोभर रेञ्जरहरूलाई बिशेष धन्यवाद दिइएको थियो।
नेपाल स्काउटको रोभर रेञ्जरहरु आफूहरुसँगै सडकमा स्वयंसेवक भएर खटिएकोमा आफूहरु धेरै खुसी रहेको बताएका छन । भविष्यका कर्णधारहरुसंग यसरी हातेमालो गर्दै आगामी दिनहरूमा पनि यस्तै काम गर्न पाउने विश्वास ब्यक्त गर्दै नेपाल स्काउटलाई शुभकामना दिइएको थियो।