चैत्र २५ गते कार्यक्रममा दिएको अभिव्यक्तिलाई अन्यथा अर्थ लगाइयो : उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाण्डौ ,चैत्र २७।
नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले चैत्र २५ गते सिंहदरवारमा भएको अन्तरक्रिया कार्यक्रममा दिएको अभिव्यक्ति अन्यथा अर्थ लगाउने उद्देश्यका साथ सार्वजनिक गरिएकोमा ध्यान आकृष्ट भएको जानकारी दिएका छन।
उपप्रधानमन्त्री पोखरेलले २०७७ चैत्र २५ गते सिंहदरवारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा नेपाल सरकारका सचिवहरू सम्मिलित एक दिने अन्तरर्क्रिया कार्यक्रममा मैले बोलेको विषयलाई लिएर अन्यथा अर्थ लगाउने उद्देश्यका साथ सार्वजनिक गरिएकोमा मेरो ध्यान आकृष्ट भएको बताएका छन।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक संजालमा प्रेसित सन्देस :
२०७७ चैत्र २५ गते सिंहदरवारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा नेपाल सरकारका सचिवहरू सम्मिलित एक दिने अन्तरर्क्रिया कार्यक्रममा मैले बोलेको विषयलाई लिएर अन्यथा अर्थ लगाउने उद्देश्यका साथ सार्वजनिक गरिएकोमा मेरो ध्यान आकृष्ट भएको छ ।
मैले त्यहाँ बोलेका कुरालाई जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । अन्यथा नलिइदिन समेत सबैमा हार्दिक अनुरोध गर्दछु –
“अहिले निजामती प्रशासनभित्र रहेको एउटा प्रमुख समस्या हो – सोचमा सकारात्मक परिवर्तनको अभाव । निजामती प्रशासन ‘ झिंगे टसाइ ‘ सोचबाट मुक्त हुनु पर्दछ ।यसलाई विरासतमा पाएको भन्ने गरिएता पनि समयको गतिसंग प्रशासन परिवर्तन हुननसकेको रूपमा यसलाई बुझ्न सकिन्छ । त्यसैले होला , निजामती प्रशासनले परिणामलाई भन्दा प्रक्रियलाई जोड दिएकोछ ! बढ्नेभन्दा अड्ने कुरालाई ध्यान दिएकोछ । यस्ता कमी कमजोरीहरूलाई हटाउनका लागि कर्मचारीतन्त्रमा समय सापेक्ष हुनेगरी सोचमा र कार्यसम्पादन शैलीमा परिवर्तन ल्याउनैपर्छ र देखिएको परिवर्तनको व्यवस्थापन गर्नैपर्छ ..।”
तपाइँको प्रतिक्रिया ।