चार सांसद पदमुक्त

चार सांसद पदमुक्त

कपन अनलाइन

बुटवल ,चैत्र २६।

नेकपा माओवादी केन्द्र परित्याग गरी  नेकपा एमाले प्रवेश गर्नुभएका चारजना मन्त्री सांसद पदबाट पदमुक्त हुनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका छन  ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिएका थिए । चारैजना सांसद हाल मन्त्री हुनुहुन्छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गर्नुभएका  सांसद पदमुक्त हुन्छन् ।

तपाइँको प्रतिक्रिया ।