काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टको चेतावनी

काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टको चेतावनी

कपन अनलाइन

बुटवल ,चैत्र २६  ।

नेपाल ट्रष्ट कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक भन्दै चेतावनी दिएको छ । गत असार ३ मा नै खाली भइसक्नुपर्ने काठमाडौं प्लाजामा विवाद नसल्टएपिछि ट्रस्टले सूचना जारी गर्दै चैत ३१भित्र खाली गर्न भन्दै सूचना जारी गरेको छ । कानुनअनुसार भवन खाली गराउँदा हुने क्षतिको जिम्मेवार स्वयम् व्यवसायी नै हुने ट्रष्टले बताएको छ ।

यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन ।

३ असार २०५० मा तत्कालीन राजकीय सम्पत्ति कोष विभागका तत्कालीन सह-सचिव शंकरराज विष्ट र काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिलका सुवासराज काफ्लेबीच वडा-३१ को कित्ता नम्बर २२३५ को पाँच रोपनी २ पैसा जग्गा व्यापारिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्न करारनामा भएको थियो ।
तपाइँको प्रतिक्रिया ।