गोकर्णेश्वर ८ मा नयाँ वर्ष २०७८ सालको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ८ मा नयाँ वर्ष २०७८ सालको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत्र २६ ।गोकर्णेश्वर नगरपालिकामा   नयाँ वर्ष २०७८ सालको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ  ।नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीको आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा   नेपाली काङ्ग्रेकी केन्द्रिय सदस्य अम्बिका बस्नेत रहेकी थिइन।

कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमाल ठकुरी , नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका  ८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एबम वडा नं८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,वडा सदस्य नन्दलाल  श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल लगायत नेपाली काङ्ग्रेस सदस्यहरु एवम् शुभेच्छुक, संघसस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको  थियो।  कार्यक्रमको अध्यक्षतानेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले  गरेकी थिइन। भने कार्यक्रम संचालन संचारकर्मी दिपक लामिछानेले गरेका थिए ।

कार्यक्रममा महिला समुहको तर्फ बाट लक्ष्मी नारायण महिला समुहकी अध्यक्ष  गीता खनालले शुभकामना मन्तब्य राखेकी थिइन ।कार्यक्रममा नेपाली काङ्ग्रेस सूचना तथा प्रचार प्रसारका सदस्य बिमल ठकुरीले कोरोना संक्रमणको जोखिम र त्रास सचेतना  पुर्वक सामना गर्न अनुरोध गर्दै नया वर्ष २०७८ सालको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं  ६ का वडा अध्यक्ष रमेश अर्याल नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र ३ का सभापति तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालीसे , नेपाली काङ्ग्रेकी केन्द्रिय सदस्य अम्बिका बस्नेत लगायतले शुभकामना सहित  आफ्नो भनाइ राखेका थिए ।कार्यक्रममा नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका  ८ इकाई सभापति तथा गोकर्णेश्वर नगरपालिकाका प्रवक्त एबम वडा नं८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले धन्यवाद ज्ञापन सहित शुभकामना मन्तब्य राखेका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरीले उपस्थित सबैलाई धन्यवाद ब्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं  उत्तरोतर प्रगतिको कामना सहित नयाबर्ष २०७८को शुभकामना ब्यक्त गरेकी थिइन ।उनले देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा सङ्गठित गर्न, गाउँ–नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि नेपाली कांग्रेस  क्रियाशील रहेको समेत बताएकी थिइन् ।उनले कोरोनाको दोश्रो लहर देखिएको बताउदै सचेत हुदै स्वास्थ्य मापदण्ड अपनाई दैनिक जीवन यापनमा लाग्न समेत अनुरोध  गरेकी थिइन।

तपाइँको प्रतिक्रिया ।