नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्र ओली समुहमा
कपन अनलाइन
बुटवल ,चैत्र २६ ।
नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले नेकपा एमालेको समुह परिवर्तन गरेका छन ।
माधव नेपाल समूहमा रहेर गतिविधि गर्दै आइरहनुभएक मिश्रले माधव समूहले समान्तर समूह बनाउन सुरु गरेपछि भने असन्तुष्टि राख्दै आएका थिए ।
ओली पक्षमा लागेका मिश्रले एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यकता रहेको औंल्याउँदै गुट र फुटले विकास र समृद्धिको सपना पुरा हुन नसक्ने भन्दै गुटगत गतिविधि सञ्चालन गरिरहेका माधव समूह परित्याग गरेको बताउनुभयो । उहाँले अब पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा नेता तथा कार्यकर्ता खुलेर नै अगाडी बढ्ने बताएका छन ।
मिश्रले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायत टोलीसँग छलफल गरी एमालेलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रतिबद्दता जनाएका थिए ।