पांचपोखरी थाङपाल गाउँपालिकामा सात सय जनाको स्वास्थ्य परिक्षण

पांचपोखरी थाङपाल गाउँपालिकामा सात सय जनाको स्वास्थ्य परिक्षण

कपन अनलाइन

सिन्धुपाल्चोक ,चैत्र २१ /विशाल आचार्य

सिन्धुपाल्चोक  जिल्लाको पांच पोखरी  थाङपाल गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरमा  सात सय जनाले स्वास्थ्य परिक्षण गरिएको छ । कुमारी बैङ्कको २० औँ वार्षिक उत्सवको अवसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

उक्त शिविरमा साधारण, हाड, चर्म तथा यौन, दन्त, बाल मनोरोग, स्त्री मधुमेह, नाक कान घाँटीलगायत रोगको परिक्षण तथा औषधी वितरण गरिएको र भिडियो एक्सरेको समेत सेवा रहेको सह आयोजक शिशिर वाइबाले जानकारी दिएका छन।

स्वास्थ्य शिविरको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गरेका थिए। स्वास्थ्य शिविरमा काठमाण्डौ  मेडिकल कलेजका डा. कोमल विक्रम थापा लगायत टिम त्यस्तै मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र र पाँचपोखरी थाङपालका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेका हुन।

गम्भीर प्रकृतिका बिरामी तथा अपरेसन गर्नुपर्नेलाई काठमाडौँ मेडिकल कलेजमा ५० प्रतिशत छुट गरिएको आयोजक कुमारी बैङ्क मेलम्चीका शाखा प्रबन्धक विनोद भक्त श्रेष्ठले जानकारी दिएका छन

(विशाल आचार्य  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।