मोलुंग एकवार ओखलढुंगाको रणनीतिक सडक चयन
कपन अनलाइन
ओखलढुंगा ,चैत्र २१।
मोलुंग एकवार-हर्कपुर-पत्ताले ओखलढुंगाको रणनीतिक सडक चयन भएको छ। ओखलढुंगा जिल्लाको विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो सडकलाई प्राथमिकतामा राखेर जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले चयन गरेका हुन्।
मोलुंग ,लिखु ,दुधकोशी एकवार ओखलढुंगा जिल्ला विकासको आधार भन्ने अभियान संचालन गर्दै आएका सांसद सुनुवारले नेपाल सरकारले माग गरे अनुसार उक्त सडकलाई जिल्लाको रणनीतिक सडकका रुपमा चयन गरेका हुन्।
यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका छन।प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार बिहान सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् ।
तपाइँको प्रतिक्रिया ।