बुढानीलकण्ठ नगरपालिकाका कृषि फार्महरु अनुगमन

बुढानीलकण्ठ नगरपालिकाका कृषि फार्महरु अनुगमन

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

बुढानीलकण्ठ नगरपालिकामा बिहिबार कृषि फार्महरु अनुगमन गरिएको  छ । कृषि विकास शाखा र नगरपालिका अनुगमन समितिको संयुक्त गस्तिमा निस्केको अनुगमन टोलिबाट नगरपालिका वडा नं १३  , वडा नं १२ र  वडा नं १० मा रहेका विभिन्न कृषि फार्महरुमा निरिक्षण गरिएको हो ।

अनुगमन टोलिबाट नगरपालिका वडा नं १३ को चुनखेलमा रहेका एस.एस.के. एग्रो फार्म , हिसाङ्ग कृषि फार्म, मिलन कृषि फार्म, मिसन स्मिता कृषि तथा पशुपंक्षी फार्म, कन्दरा कृषि फार्म, वडा नं १० मा रहेको अन्नपुर्ण कृषि एण्ड रिसर्च सेन्टर लगायत वडा नं १२ को कृष्ण गाई फार्म गरी ७ वटा कृषि फार्म अनुगमन गरिएको हो  ।

बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाको आ.व. २०७७\७८ को स्वीकृत आन्तरिक तर्फको ५० प्रतिशत अनुदानमा यूवा लक्षीत व्यवसायिक कृषि कार्यक्रम ल्याएको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।