मदन भण्डारी फाउन्डेसन काठमाण्डौको जबज कक्षा शुरु

मदन भण्डारी फाउन्डेसन काठमाण्डौको जबज कक्षा शुरु

कपन अनलाइन

काठमाण्डौ ,चैत्र १९।

मदन भण्डारी फाउन्डेसन काठमाण्डौको आयोजनामा दुई दिने आवासीय जबज कक्षा शुरु  भएको छ। भक्तपुर बोडेमा रहेको कृषि विकास बैंकको भवनमा काठमाण्डौ जिल्लाका विभिन्न स्थानीय तहका १२५ जनाको सहभागिता रहेको छ।

सो कक्षामा जनताको बहुदलीय जनवादका विसेषता ,यसका विविध आयाम र पक्षहरुका वारेमा फाउन्डेसनका प्रतिनिधि ,नेकपा एमालेका स्थानीय कमिटिका अध्यक्षहरु तथा १९ देखि २० वर्ष उमेर समुहका युवाहरुको सहभागिता रहको फाउन्डेसनका काठमाण्डौ जिल्ला अध्यक्ष दिपक निरौलाले बताएका छन।

उक्त प्रशिक्षण कार्यक्रममा डा. बिमला पौडेल राई ,कृष्ण राई,खेम लोहनी ,मिलन राज धरेल ,डा. कल्याण रोक्का ,दिपक निरौला लगायतका प्रशिक्षकहरुले जनताको बहुदलीय जनवादका वारेमा प्रशिक्षण दिइरहेका छन।

उक्त दुई दिने आवासीय प्रशिक्षणमा जनताको बबुदलीय जनवाद र सुशासन,जननेता मदन भण्डारीको राजनीतिक परिवेष ,जबज र यसका विसेषताका,जबज : समृद्ध नेपाल र सुखी नेपालीको अवधारणा लगायतका विषयहरुमा कक्षा संचालन गरिनेछ।

काठमाण्डौ जिल्लाका अन्य  स्थानीय तहका प्रतिनिधिहरुलाई चैत्र २७ र २८ गते दोश्रो चरणमा कक्षामा सहभागी गराइने आयोजकले जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।