काठमाडौं जिल्ला सहकारी संघ गोकर्णेश्वर नगर उपसमिति द्वारा खाद्यान्न सहयोग

काठमाडौं जिल्ला सहकारी संघ गोकर्णेश्वर नगर उपसमिति द्वारा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं, चैत्र २०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबहिनी स्थित कान्तिभैरव साँस्कृत पाठशालाका बटुकहरुको लागि खाद्यान्न वितरण गरिएको छ। ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौं जिल्ला सहकारी संघ, गोकर्णेश्वर नगर उपसमिति द्वारा बिहिबार  गोकर्णेश्वर नगरपालिका वडा नं ४ उत्तरबहिनि स्थित कान्तिभैरव साँस्कृत पाठशालाका बटुकहरुको लागि खाद्यान्न वितरण गरेको हो।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा   गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, बाग्मती प्रदेश बचत तथा ॠण सहकारी संघ लिमिटेडका सचिब गोबिन्द काफ्ले, गोकर्णेश्वर नगरपालिका सहकारी समन्वय समितिका संयोजक लक्ष्मण चौलागाई जिल्ला संघ नगर उप–समिति सह–संयोजक रोशन बाबु श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको अध्यक्षता नगर उप–समितिका संयोजक लक्ष्मण श्रेष्ठले गरेका थिए। कार्यक्रममा कान्तिभैरव साँस्कृत  पाठशालालाई ४० हजार रुपैयाँ बराबारको खाद्यन्न प्रदान  गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।