कोटेश्वर जडिबुटीमा कार दुर्घटनामा, एक जनाको मृत्यू

कोटेश्वर जडिबुटीमा कार दुर्घटनामा, एक जनाको मृत्यू

कपन अनलाइन

काठमाण्डौ ,चैत्र २०।

कोटेश्वर नजिक जडिबुटीमा आज बिहान भएको कार दुर्घटनामा एक जनाको मृत्यू भएको छ । बिहान सवा सात बजेतिर भएको दुर्घटनामा कार चालक सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार अनियन्त्रित गतिमा पेप्सीकोलाबाट जडिबुटी चोकतिर आएको बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किँदा कारमा सवार २१ वर्षे जितम गुभाजुको घटनास्थलमा निधन भएको हो । सामान्य घाइते भएका कार चालक वर्ष २१ का वीरेन्द्र श्रेष्ठ र क्षतिग्रस्त कार महानगरीय प्रहरी प्रभाग काँडाघारीको नियन्त्रणमा रहेको बताइएको छ ।

प्रहरीका अनुसार शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।फोटो सौजन्य :जनआस्था

तपाइँको प्रतिक्रिया ।