बागमतीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९ ।
बागमती नदी किनारमा रहेको पानीको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित टौदह र सिखाली जोड्ने पुल नजिक बागमती नदीमा पौडी खेल्न गएका ४ जनामध्ये दुईजनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त,कीर्तिपुरले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहीबार दिउँसो करिब ३ बजे पौडी खेल्न गएका ओखलढुङ्गा घर भई हाल दक्षिणकाली नगरपालिकामा बसोबास गर्दै आएका अन्दाजी ८ वर्षीय कृष्ण मगर र सोही स्थानका ११ वर्षीय प्रशान्त सुनुवार खाल्डोमा डुबेर बेपत्ता भएका हुन् ।
महानगरीय प्रहरी वृत्त,कीर्तिपुर र प्रहरी प्रभाग चाल्नाखेलको टोलीले बेपत्ता दुबैको शव निकाल्न प्रयास गरिरहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।