काठमाडौंमा दिउँसै रेमिट्यान्स कम्पनीमा लुटपाट
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १९।
काठमाडौंमा दिउँसै रेमिट्यान्स कम्पनी (आइएमइ) मा लुटपाट भएको छ । बुधबार दिउँसो खुकुरी देखाएर न्युरोडको खिचापोखरीमा रहेको आईएमईमा लुटपाट भएको काठमाडौं प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोटका १८ वर्षीय उमेश केसी र ललितपुरका नवीन केसी रहेका छन् । उनीहरुले ६ लाख रुपैयाँ लुटेको सञ्चालक हेम मल्ल र गोरख चन्दको रहेको दाबी छ ।
बुधबार दिउँसो साढे ३ बजे लुटपाट भएको र त्यसको केही घण्टामै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए । उनीहरुको साथबाट ५९ हजार ७ सय रुपैयाँ फेला परेको र केही रकम खर्च गरिसकेको प्रहरीले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।