Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/164140870_4033790673309686_93914658491697465_n-e1616660513626.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/163571864_4033790586643028_584515416461460681_n-e1616660397569.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकाका स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता वितरण

कपन अनलाइन

काठमाडौं, चैत्र ११।  कागेश्वरी मनोहरा नगरपालिकामा ‘संकेत समयको क्षयरोग अन्त्यको भन्ने मूल नाराको साथमा विश्व क्षयरोग दिवस २०२१  बिबिध चेतनामुलक कार्यक्रम गरि मनाएको छ।कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले विश्व क्षयरोग दिवस २०२१को अवसर पारेर नगरपालिकामा रहेका ११८ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता वितरण  गरेको छ ।

नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख बिन्दु पुडासैनी सिंखडा, कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीप्रमुख प्रशासकीय अधिकृत,कर्मचारीलगायत स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन स्वास्थ्थ शाखाकी प्रमुख लक्ष्मी कोइरालाले गरेकी थिइन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख कृष्णहरी थापाले आफनो कर्तव्यलाई जिम्वेवारीका साथ निर्वाह  गर्दै अगाडी  बढेका  स्वास्थ्य स्वयं सेविकाहरुलाई आगामी दिनमा पनि नगरपालिकाले कामको अनुगमन गरी यस्तै थपसेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।त्यसैगरी उप- प्रमुख विन्दु पुडासैनी सिम्खडाले सेवा भाव सहित स्वास्थ्थ क्षेत्रमा काम गर्दै आएका महिला  स्वास्थ्य स्वयं सेविकाहरुले गरेको कार्यको प्रशंसा गरेकी थिइन्  ।सोहि कार्यक्रममा दिदि फाउन्डेशन वाट स्वयं सेविकाहरूको आँखा जाँच गरि निशु:ल्क चश्मा वितरण समेत गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।