संचारकर्मी राजेन्द्र बानियाँ भेनस शिक्षा सेवा सम्मान २०७७ बाट सम्मानित

संचारकर्मी राजेन्द्र बानियाँ भेनस शिक्षा सेवा सम्मान २०७७ बाट सम्मानित

कपन अनलाइन

काठमाडौं, चैत्र १०। काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई  सम्मान गरेको छ  । चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजित  एक कार्यक्रमका बीच गणतान्त्रिक नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले भेनस पब्लिक स्कुल को तर्फ बाट उक्त व्यक्तित्वहरुलाई सम्मान गरेका हुन्।

असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति अनुसार अघि बढिरहेको क्याम्पसले लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गरेको हो।लामो समय देखि संचार तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका संचारकर्मी राजेन्द्र बानियालाई भेनस शिक्षा सेवा सम्मान २०७७ बाट सम्मान गरिएको थियो ।भेनस कलेजले लामो समय देखि संचार तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका संचारकर्मी राजेन्द्र बानियालाई भेनस शिक्षा सम्मान २०७७ बाट सम्मान गरेको छ  ।

गण्डकी प्रदेश  गोर्खा जिल्ला पालुङटार नगरपालिका नगरपालिका ९ मा बिक्रम संवत २०३५ साल श्रावण १० गते  पितामीन बहादुर बानियाँ र माता मैया कुमारी बानियाँको कोख बाट जन्म भईआफ्नो उच्च शिक्षा पश्चात व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीको अलावा जीवनको उर्वर साउ शिक्षामा समर्पण गर्दै राष्ट्र सेवामा लम्किएका राजेन्द्रको सक्रिय कदमका कारण प्रतिकुल समयका बाबजुद पनि शिक्षा क्षेत्रमा धेरै बालबालिका तथा बिध्यर्थिकोलागि उदाहरणीय व्यक्तित्व साबित भएका बानियाँले शिक्षा संग समबन्धित बिभिन्न संघ संस्थाहरुमा आवद्द रही शैक्षिक तथा सामाजिक परिवर्तन र रुपान्तरणका लागि उनले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।