बुढानिलकण्ठ बाट बिदा भए प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ ,कामचोर कर्मचारीमा खुसियाली
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १० ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाको बिदाई गरिएको छ। नगरपालिकामा निकै कडा हाकिमका रुपमा परिचित सापकोटालाई नगरको सभा हलमा आयोजित कार्यक्रममा बिदाई गरिएको हो ।
२०७७ शाल असार २२ गते बुढानिलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका सापकोटालाई नगर प्रमुख उद्दव खरेल सहित जनप्रतिनिधि र कर्मचारीहरुले बिदाई गरेका थिए।
करिव ९ महिना १९ दिन नगरपालिकामा बिताएका सापकोटाले कर्मचारीहरुलाई नियम र आचार संहिता जस्ता कुरामा कडाई गर्दै कार्यालय समय ,पोशाक ,कार्यसम्पादन जस्ता विषयमा प्रभावकारी नियम बनाएर लागु गरेका थिए।
हक्की र स्पस्ट स्वभावका सापकोटाको सरुवा भए संगै नगरपालिकाका कामचोर कर्मचारीहरुमा खुसियाली छाएको र कर्मशील कर्मचारीहरुमा भने निराशा छाएको नगरपालिकाका एक कर्मचारीले बताए।
बुढानिलकण्ठ नगरपालिकाका कर्मचारीहरुको सेवा प्रवाहमा रहेको कमजोरी हटाउदै कार्य सम्पादनमा प्राथमिकता दिएका सापकोटाले कर्मचारी संगै राजनीतिक व्यक्ति जसरि काम गरेको भन्दै केहि वडा अध्यक्षहरु रुस्ट बनेर उनको सरुवामा चलखेल गरेको चर्चा चुलिदै गरेको समयमा उनको बिदाई गरिएको हो।