गोकर्णेश्वर ६ मा नेपाल बादो महासंघ द्वारा आयोजित ग्रेडीङ तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, चैत्र ८ । नेपाल बादो महासंघ द्वारा आयोजित ग्रेडीङ तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडमीमा शनिबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति र गोकर्णेश्वर नगरपालिका वडा नं ६ को आर्थिक सहयोगमा करिब एक लाख बराबरको खेल सामाग्री तोयाकान नेपाल बादो महासंघ लाइ कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले हस्तन्तरण गरेका हुन ।
गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिती तथा नेपाल बादो महासंघका अध्यक्ष सन्जय लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा बिशेष अतिथिको नेपाल बादो संघका महासचिब तथा प्रमुख प्रशिक्षक अरुण कुमार कार्की , लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन अचार्य, बरिष्ठ प्रशिक्षक एबम टेक्निकल चिफ अजय श्रेष्ठ बरिष्ठ प्रशिक्षक मानिस तामाङ ,प्रशिक्षक सुयोग सिग्देल , रंजन कुमार सापकोटा रेफ्रीहरु, अप्सर घर्ती मगर, सन्जु तामाङ, पवन बोहोरा, चन्द्र तामाङ लगायत २ सय भन्दा बढी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन बरिष्ठ प्रशिक्षक केशर सुब्बाले गरेका थिए ।
खेल सामग्री हस्तान्तरण गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले आयोजकलाइ धन्यबाद दिदै स्वास्थ्यको लागि खेलकुद र राष्ट्रका लागि खेलाडी भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिकाले बिभिन्न खेलकुदका कार्यक्रम गर्दै आएको बताए । उनले नेपालमा करातेको गर्विलो इतिहासको सम्झना गर्दै फेरी एक पटक त्यही इतीहास तर्फ फर्कनलागि शुभकामना व्यक्त गरेका थिए । उनले खेलाडीहरुलाई खेल क्षेत्रमा सहज होस भनेर खेल सामग्री वितरण गरिएको जानकारी गराउदै सामग्रीको सदुपयोग गर्न अनुरोध गरेका थिए ।कार्यक्रममा बोल्दै लर्ड्स लाइट एकेडमीका प्रिन्सिपल निराजन अचार्यले आयोजकलाइ धन्यबाद दिदै उक्त सामग्रीले खेलाडीको स्तर वृद्धिमा सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका थिए ।
अध्यक्षताको आसन बाट बोल्दै ।गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिती तथा नेपाल बादो महासंघका अध्यक्ष सन्जय लामाले खुसि ब्यक्त गर्दै खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्न सकिने भएकाले नगरपालिकामा खेलकुद गतिविधिलाइ चलायमान बनाउन बिभिन्न कार्यक्रम गरिराखेको जानकारी गराएका थिए ।
उनले खेलकुदका माध्यमबाट स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तर वृद्धि गर्नको लागि आफु लागि परेको जानकारी दिदै उक्त खेल सामग्रीले अभ्यासको लागि सहयोगी हुने बिश्वास ब्यक्त गर्दै सामग्रीको सदुपयोग गर्न अनुरोध गरेका थिए ।सामाग्री हस्तारणपछि खेल सामग्री अभावका कारण खेलाडीहरुले विगतका दिनहरुमा भोग्दै आईरहेको समस्याहरु सहज हुने भएकाले खेलाडीहरु पनि निकै खुशी भएका छन ।