ओम समाज डेण्टल अस्पताल तथा डेन्टल एशोसियशनको सहकार्यमा विश्व मुख स्वास्थ्य दिवस

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ८।

विश्व मुख स्वास्थ्य दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग नलाग्नेभएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्नेबारे आज समुदायमा सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरी यहाँ यो दिवस मनाइन्छ ।

‘वल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा आज चाबहिलमा एक कार्यक्रम गरी दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पुर्याउने  विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

सो कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताउनुभयो । उहाँले खुम स्वास्थ्यबारे हेलचेक्रयाई र लापर्बाही गर्न नहुने बताएका छन  । मन्त्री श्रेष्ठले भने , “मुख स्वास्थ्य अहिलेको सन्दर्भमा झनै महत्वपूर्ण छ र यो संवेदनशील विषय हो । हामीले खाने हरेक खाद्य पदार्थ मुखबाटै शरीरभित्र प्रवेश गर्ने भएकाले मुख स्वास्थ्यबारे सचेत रहेर नियमित परीक्षण, सहीरुपमा ब्रस गर्नेलगायत आधारभूत विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

शिक्षामन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने डा घिमिरेको उदाहरणीय कामको प्रसंशा गरे । चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको पनि उनले अस्पताललाई धन्यावाद दिएका थिए  ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकताअनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताए  । उनले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निर्क्यौल  गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिएका थिए  ।

त्यस्तै प्रदेस सभा सदस्य  नरोत्तम बैद्यले मुख स्वास्थ्यबारे समाजमा सचेतना अभिृद्धि गर्न र यसको सर्वसुलभ पहुँचका लागि सबै सरोकारवालो भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए  ।

हस्पिटलका अध्यक्ष समेत रहनुभएका वरिष्ठ दन्त चिकित्सक डा सुवास घिमिरेले मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ भएमात्र स्वस्थ रहन सकिने बतए  ।

डेन्टल एशोसियशनका अध्यक्ष प्रविन्द्र अधिकारीले सरकारी स्तरमै दाँतसम्बन्धी जनशक्तिको व्यवस्थापन हुनेगरी दुर दराजमा दन्त चिकित्सा सेवा पु¥याउनुपर्नेमा जोड दिएका थिए  ।

नगदसहित सम्मान–पत्रद्वारा सम्मान

चिकित्सकीय सेवामार्फत तथा पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन पु¥याएको योगदानको कदर गर्दै ओम समाज डेण्टल अस्पतालले सम्मान गरेको हो ।

नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा माणिकरत्न बज्राचार्य, वरिष्ठ चिकित्सक डा अनारकली पियालाई सम्मान गरिएको छ । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, सिबी अधिकारी, एलिशा ढुङ्गाना यशिमा महत, र कृष्ण न्यौपानेलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

निःशूल्क क्लिनिक उद्घाटन

वरिष्ठ दन्त चिकित्सक डा सुबास घिमिरेको माता पिताको स्मृतिमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ गरिएको छ । चाबहिलस्थित ओम समाज डेण्टल अस्पताल परिसरमा स्थापना गरिएको उक्त क्लिनिकको शिक्षामन्त्री श्रेष्ठले उद्घाटन गरेका थिए  । असहाय, गरिब तथा दुःखीलाई दाँतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिने अस्पतालका अध्यक्ष डा घिमिरेले बताए  । कार्यक्रममा निःशुल्क डेन्टल क्याप, स्कुले बालबालिकालाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षाबारे चेतनामूलक कार्यक्रम गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।