नेकपा एमालेका केन्द्रीय कमिटी बैठकका एजेन्डा

नेकपा एमालेका केन्द्रीय कमिटी बैठकका एजेन्डा

कपन अनलाइन

काठमाण्डौ ,चैत्र ७।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा विभिन्न सातवटा एजेन्डा तय गरिएको छ ।

बैठकले एमाले संसदीय दलको विधान अनुमोदन गर्ने जनाइएको छ । आजै बालुवाटारमा बसेको संसदीय दलको बैठकले दलको विधान संशोधनसहित पारित गरेको थियो ।

यी हुन् केन्द्रीय कमिटी बैठकका एजेन्डा 
१. संसदीय दलको विधान अनुमोदन
२. अध्यक्षलाइ अधिकार प्रत्यायोजन
३. महाधिवेशन आयोजक समिति गठन
४. कार्य विभाजन
५. स्थायी कमिटी पुनर्गठन
६. जनसंगठनको जिम्मेवारी
७. पार्टी हितविरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने

तपाइँको प्रतिक्रिया ।