कागेश्वरी मनोहरा नगरपालिकाको २०७७ श्रावण १ गते देखि चैत्र ३ गते सम्मको आम्दानी र खर्च बिवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौँ, चैत्र ५। कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को २०७७ श्रावण १ गते देखि चैत्र ३ गते सम्म भएको आम्दानी र खर्च बिवरण नगर प्रमुख कृष्णहरि थापाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन। उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को २०७७ श्रावण १ गते देखि चैत्र ३ गतेसम्म जम्मा आम्दानी १ अरब ३४ कराेड २७ लाख १५ हजार ७ सय ३९ पैसा १२ मात्र रहेको जानकारी गराएका छन।
त्यसै गरि जम्मा चालु खर्च तर्फ२२ कराेड ५३ लाख ५५ हजार ८ सय पैसा ३९ रहेको र प्रगति५०.७३ प्रतिशत रहेको जानकारी गराएका छन।उनले जम्मा पुजिगत खर्चमा९ कराेड ६२ लाख ५८ हजार २ सय १४ पैसा ३६ रहेको जसको प्रगती ३१.१४ प्रतिशत प्रतिशत रहेको उल्लेख गरेका छन।त्यसैगरि उनले हाल सम्म जम्मा खर्च ६२ कराेड १६ लाख १४ हजार १४ पैसा ७५ मात्र रहेको जसमा नगत मौजात ७२ कराेड ११ लाख १ हजार ७ सय २४ पैसा ३७ मात्र रहेको जानकारी गराएका छन।