“मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” हुने
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५ /नेसन महर्जन
चन्द्रागिरी नगरपालिकामा “मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” यवम “चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल” हुने भएको छ।
नेतृत्व र व्यक्तित्व बिकास यवम आत्मविश्वास अभिवृद्धिलाई मध्यनजरमा राखेर उत्कृष्ट प्रतिस्पर्धालाई स्थापित गर्दै कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्ने उदेश्यले चादनी इन्टरटेन्मेन्ट एन्ड ट्रेनिङ प्रालिले “मिस एण्ड मिस्टर चन्द्रागिरी नेपाल” यवम “चन्द्रागिरी प्रीन्स एन्ड प्रीन्सेस् नेपाल” आयोजना गर्न लागेको हो।
गत बर्ष श्रावण ३२ गते“मिस चन्द्रागिरी नेपाल-२०१९” आयोजना गरिसकेको चादनी इन्टरटेन्मेन्ट एन्ड ट्रेनिङ प्रालीले अब पुन निरन्तरता दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो। पहिलो अडिसन यहि आउदो चैत्र १४ गते शनिबार सतुङल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा गरिन लागेको मिस चन्द्रागिरी नेपाल २०१९ कि बिजेता सबिना खत्रीले बताइन्। नेपालका ख्याती प्राप्त व्यक्तित्वहरुको निर्णायक मण्डलले ईच्छुक सहभागीहरुको छनौट गर्नेछन ।
उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने छन्। भने प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण समेत प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा नेतृत्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, मेकअप तथा फोटोग्राफी सम्बन्धि क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने छ । प्रतियोगीहरुले आफु भित्र रहेको प्रतीभालाई समेत खुलेर प्रस्तुत गर्न पाउनेछन्। इच्छुक प्रतियोगीहरुले थानकोट क्याफे (थानकोट चोक), प्रधान फोटो स्टुडियो (सतुङल चोक), चन्द्रागिरी कम्प्लेक्स- जस्ट किक्स् (विश्नुदेबी स्कुल नजिक), कालिमाटी (टंकेश्वोर महादेव मन्दिर नजिक) अथवा चादनी इन्टरटेन्मेन्ट प्रालीको फेसबुक पेज मार्फत तथा इमेल “[email protected]” मार्फत फर्म लिएर सहभागि हुन सकिने छ ।
(नेसन महर्जन सुशासन र समृद्धिका लागि संचार अभियाका प्रशिक्षार्थी पत्रकार हुन्)