टोखा चेम्बर अफ कमर्शको अध्यक्षमा सँजय फुँयाल

कपन अनलाइन

काठमाडौं ,चैत्र ४।

काठमांडौं चेम्बर अफ कमर्शले टोखा नगर चेम्बर अफ कमर्शलाई मंगलवार आधिकारीकता प्रदान गरेको छ ।

बागमती प्रदेश चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा टोखा नगरपालिकाका युवा उद्यमी तथा व्यवसायी सँजय फुँयाल नियुक्त भएका छन् ।बागमति प्रदेश चेम्बर अफ कर्मशले आधिकारीकता प्रदान गरिएको सम्मान पत्र पठाई टोखा नगर चेम्बर अफ कर्मश गठन भई सर्बसम्मत रुपमा तदर्थ समिति गठन भएको तथा नव गठित टोखा नगर चेम्बर अफ कमर्शका सम्पुर्ण पदाधिकारी तथा उद्योगी व्यवसायीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिइएको छ ।

नवगठित टोखा नगर चेम्बर अफ कमर्शका अध्यक्षमा सँजय फुँयाल , वरिष्ठ अध्यक्षमा सुवास खड्का , उपाध्यक्ष एल वि टण्डन, महासचिव रविन्द्र श्रेष्ठ, कोषाध्यक्ष प्रदीप थपलिया, सचिव श्रीकृष्ण विदारी र सह कोषाध्यक्षमा कमल श्रेष्ठ रहेका छन् ।

यसैबिच सोही गठन समारोहमा टोखा नगर पालिका वडा नं ३ र २ का युवा उद्यमी पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बागमती प्रदेश चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठले नव निर्वाचित पदाधिकारिहरूलाई सहकार्य गर्नुहुने सबै सहयोगी र जिम्मेवार मनहरुमा बागमति प्रदेश चेम्बरको तर्फबाट आभार एवं धन्यवाद प्रकट गरेका छन ।

तपाइँको प्रतिक्रिया ।