Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/161034406_1272667849797473_3256607200663990568_o-e1615962889588.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/03/161345087_1272667843130807_6017709603306331603_o-e1615962963969.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा ७ दिने भर्मी कम्पोष्ट उत्पादन तालिम सम्पन्न

कपन अनलाइन

काठमाडौं, चैत्र ४।   गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा हात्तीपाईले स्वावलम्बी महिला समूह गोकर्णेश्वर ३ द्वारा संचालित ७ दिने भर्मी कम्पोष्ट उत्पादन तालिम सम्पन्न भएको छ।  तालिममा किसानहरुलाई गड्यौले मल जैविक भिटामिन र जैविक विषादी बनाउने तरिका प्रयोग गर्ने तरिका र त्यसका फाइदाबारे प्रशिक्षकहरुले जानकारी गराएका थिए।।पछिल्लो समय नेपालमा बढेको रासायनिक बिषादीको प्रयोगले  मानव शरीर र बातावरणमा पारेको असरलाई न्यूनीकरण गर्दै जैविक बिषादी र गड्यौले मल उत्पादनलाई प्रोत्साहन गर्ने र बातावरणलाइ सन्तुलित राख्दै माटोको उर्वराशक्ति कायम राख्न र मानब स्वास्थ्यमा परेको असरलाई समेत न्यूनीकरण गर्ने उदेश्यले तालिम संचालन गरिएको आयोजकले जानकारी गराएको छ ।

तालिममा सहभागीहरुले तालिम एकदमै प्रभाबकारी भएको र यसले अर्गानिक खेतीलाई प्रोत्साहन गरेको भन्दै तालिमका सहभागीहरुले प्रशिक्षक तथा आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।तालिममा ३० जनाको सहभागिता रहेको थियो ।  तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई समापन सत्रका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी  बिशेष अतिथि वडा सदस्य लक्ष्मी भण्डारी ,समाज सेवी गोकुल बिष्ट लगायतले प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले आयोजकलाइ धन्यबाद दिदै तालिममा सिकेका ज्ञानलाइ व्यवहारमा उतार्न अनुरोध गरेका थिए। उनले  फोहरमैलालाइ स्रोतमै बर्गिकरण गरी कुहिने फोहरलाई आफ्नै घर तथा कार्यालय परिसरमै मल बनाई ब्यबस्थापन गर्ने र अन्य फोहरलाई छुट्टाछुट्टै जम्मा गरी ब्यबस्थापन गर्न सकेमा फोहोर मैला व्यवस्थापन समेत हुने बताए  जैविक फोहर ब्यबस्थापन गर्न पनि सो  तालिम ले निकै सहज पुर्याउने बिश्वास ब्यक्त गर्दै  घर तहमै फोहर बर्गिकरण गरी कुहिने फोहरलाई घरमै ब्यबस्थापन गर्नुपर्ने र अन्य फोहर पनि बर्गिकरण गरेर राख्ने र छिमेकिहरुलाई पनि तालिममा सिकेको कुराहरु सिकाउन अनुरोध  गरेका थिए । उक्त समूहले फोहोर व्यवस्थापनको लागि  डस्ट बिन समेत राख्ने भएको छ ।

तपाइँको प्रतिक्रिया ।