भगवती युवा क्लबको १४ औं बार्षिक साधारण सभा तथा सम्पन्न
कपन अनलाइन
काठमाडौं, चैत्र ३। गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको भगवती युवा क्लबको १४ औं बार्षिक साधारण सभा तथा सम्पन्न भएको छ ।शनिबार शंखडोल डोजो हलमा भएको १४ औं साधारण सभाका प्रमुख अतिथिको रुपमा शंखडोल करांते एकेडेमीका प्रमुख शिबराम कारंजित रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्र ना नि ज्ञानकुमार कट्टेल , पिस एन्जल्स स्कुलका प्रिन्सिपल तथा अधिवक्ता राजेश कुमार सिजापति ,युनेस्कोका प्रतिनिधि राजकुमार केसी सहित क्लबका पदाधिकारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।
भगवती युवा क्लबका अध्यक्ष संजय वि क को अध्यक्षतामा भएको सो कार्यक्रममा भगवती युवा क्लबका सचिब सुमन ताम्राकारले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए कुनै पनि क्षेत्रको विकास निर्माण सामाजिक कार्यहरु संचालन गर्न संगठित जन सहभागिता मार्फत अगाडी बढ्ने पबित्र भावना बाट अभिप्रेरित भइ समाजमा रहेका युवा शक्तिलाइ सक्रिय बनाइ सकारात्मक सोच जागृत गराई कार्यहरु गर्ने उदेश्य सहित
२०६२ सालमा स्थापना भएको भगवती युवा क्लब स्थापना भएको हो। भगवती युवा क्लबको डोजो हल निर्माणमा बागमती प्रदेश बाट १करोड सहयोग रहेको थियो भने त्यसमा गोकर्णेश्वर नगरपालिकाको पनि सहयोग रहेको कार्यक्रम जानकारी गराइएको थियो त्यसैगरि क्लबको भवन र ब्याडमिन्टन कोर्ट निर्माणमा पनि गोकर्णेश्वर नगरपालिकाले आर्थिक सहयोग गरेको जानकारी गराइएको थियो । साथै गत बर्षको बार्षिक कार्यक्रमको स्मपूर्ण तयारी हुदा हुदै पनि विश्व ब्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण स्थगित गर्नु परेको जानकारी दिदै आगामी वर्षमा त्यसलाई निरन्तरता दिने योजना रहेको पनि क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका सचिब सुमन ताम्राकारले नै बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।उनले क्लब हस्तान्तरण लिदा सदस्य संख्या १०९ जना रहेको मा हाल क्लब सदस्य संख्या २५१ जना भएको जानकारी गराए ।भगवती युवा क्लबले टोलमा रहेका बिकृतिहरुलाई निरुत्साहित गर्दै जाने लक्ष्यका साथ् गोकर्णेश्वर प्रहरी प्रभाग संगको सहकार्यमा रात्रि गस्ती संचालन गर्दै आएको जानकारी गराए । त्यसै गरि टोलबासी दिदीबहिनीहरुको सहयोगमा क्लब बाट सडक बत्ति बाल्ने काम पनि सफलता पुर्वक सम्पन्न भएको शंखडोलमा रहेका मार्ग गल्लिहरुमा बसोबास गर्ने टोल बासीहरुको यथार्थ बिवरण तयार गर्ने प्रयास गरिएको, सुन्दर शंखडोल टोलबासीको रहर भन्ने नारालाइ साकार पार्न सरसफाई, जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको समेत जानकारी गराए ।
त्यस्तै कुशे औशी गोकर्ण मेला लगायतको पर्व मेलामा स्वयं सेवकको भूमिकामा काम गर्दै आएको प्रत्येक वर्ष खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको ,त्यस्तै संस्कृति प्रवर्दन र जगेर्ना गर्ने उदेश्यका साथ् यसै वर्ष देखि रोपाइँ जात्रा शंखडोलमा पनि मनाउन थालिएको र सो जात्रा सफल भएको जानकारी गराएका थिए। साथै क्लबको भवन निर्माणको लागि राष्ट्रिय शहीद तथा शान्तिपार्क बाट जग्गा उपलब्ध भई सो क्लबको डोजो हाल र क्लबको भवन निर्माण कार्य सम्पन्न भई सकेको र ब्याडमिन्टन हाल यसै वर्षा सम्पन्न गर्ने लक्ष्य राखिएको पनि जानकारी गराए क्लबले २०७६ साल देखि रक्तदान कार्यक्रमलाइ पनि समाबेश गर्दै आएको जानकारी गराएका थिए।कार्यक्रममा क्लबको कोषाध्यक्ष अस्मिता श्रेष्ठ कारंजितले बार्षिक आय व्यय सहितको प्रतिबेदन प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै शंखडोल कराते एकेडेमीका अध्यक्ष शिवराम कारंजितले आयोजकलाइ धन्यबाद दिदै भगवती युवा क्लबलाई आजको दिन सम्म ल्याउन सहयोग पुर्याउने सबैलाई धन्यबाद दिदै कुनै पनि काम सामुहिक रुपमा गरे सफल हुने बताए। उनले भगवती युवा क्लबले गर्दै आएका कामहरुको प्रशंशा गर्दै त्यसलाई थप गर्नुपर्नेमा जोड दिएका थिए।
अध्यक्षताको आसन बाट बोल्दै भगवती युवा क्लबका अध्यक्ष संजय बिकले उपस्थित सबिलाई धन्यबाद दिदै क्लबलाई यहाँ सम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले यस्तै सहयोग आगामी दिनमा पनि आवश्यक हुने भएको हुँदा थप सहयोगको अपेक्षा गरेका थिए ।उनले कोभिड १९ को कारण धेरै कार्यक्रम गर्न नसकेको जानकारी दिदै आगामी दिनमा क्लब थप सक्रिय हुने जानकारी गराउदै उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । क्लबको बार्षिक साधारण सभाको उपलक्ष्यमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।