चाँगुनारायण नगरपालिका द्वारा संचालित बिभिन्न शिप मुलक तालिमहरुको प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी सहितको टोली द्वारा अनुगमन

कपन अनलाइन

काठमाडौँ, चैत्र ३।  चाँगुनारायण नगरपालिका खरिपाटी भक्तपुर  द्वारा  संचालित बिभिन्न तालिमहरुको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी सहितको टोली द्वारा स्थलगत अनुगमन गरेका छन ।चाँगुनारायण नगरपालिकालाइ   महिलामैत्री नगरपालिका बनाउन, लैंगिक हिंसालाई न्युनीकरण गर्दै , महिलाहरुको क्षमता अभिबृद्धि गरी आर्थिक रुपमा सबल एंव सक्षम बनाउनु को साथै  महिलाहरुको विकास मार्फत जीवनमा सकारात्मक परिर्वत ल्याउन  र महिलाहरुका लागि सिप विकास, उद्यमसिलता, कृषि व्यवसायिक, घरेलु उद्यमशिलता, रोजगारमुलक कार्यक्रम मार्फत क्षमता विकास गरी आत्मनिर्भर गराउने  उदेश्य सहित  उप प्रमुख संग महिला उद्यमशीलता (शिप विकास तालिम) हरु संचालन हुदै आएको छ।

 अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत  अग्नि प्रसाद अधिकारी , शिक्षा शाखा प्रमुख  वीर बहादुर खड्का  र प्रशासन शाखा प्रमुख निला कुमारी घिमिरे लगायतले  नगरपालिकाको आयोजनामा भई रहेको समुदायमा आधारित मनोसामाजिक परामर्श तालिम, ९० दिने मण्टेश्वरी तालिम, ३० दिने डल कुशन बनाउने तालिम, ९० दिने सिलाई कटाइ तालिम र ९० दिने आधारभुत कम्प्युटर तालिमको अनुगमन गरेका हुन्  ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद  अधिकारीले  विभिन्न कार्यक्रम गरि  यो  वर्षमात्र नगरपालिकामा करिब एक हजार जनाको  लागि सीप विकास तालिमको  व्यवस्थापन गरिएको  जानकारी गराए   । साथै आगामी  दिनमा सीप नभएर रोजगारीको  अभावमा कोहि पनि चाँगुनारायण नगरबासी विदेशीनु नदिनु नगरपालिकाको  मुख्य उद्देश्य रहेको समेत उनले प्रष्ट पार्दै तालिममा सहभागीहरुलाई तालिमको यो अवसरलाइ बढी भन्दा बढी सदुपयोग गर्न आग्रह  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।