लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियन द्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियन द्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं चैत्र २। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित नेपाल मेडिकल प्राङ्गणमा  बिहान १० बजे  देखि अपरान्ह २ बजे सम्म सुरक्षित तवरले आयोजना गरिएको सो कार्यक्रममा नेपाल रक्तसञ्चार सेवा भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको थियो ।

उक्त कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं जर्निकी चार्टर प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज)ले कपन अनलाइनलाइ जानकारी गराइन।  धेरै जनाले रक्तदान गर्न इच्छा देखाएपनि उनीहरुमा  उच्च रक्तचाप तथा स्वास्थ्यको अन्य कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराइन ।

रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै  अस्पतालमा रक्त अभावका कारण समस्यामा परेका बिरामीहरुको लागि सेवा पुर्‍याउने उदेश्य सहित आयोजना गरिएको  कार्यक्रमलाइ सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेकी छिन ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे  प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना   नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक कोर्डिनेटर लायन कुमार राज सुवेदी  लायन उमेश ढुंगाना ,नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी, परिवर्तनशिल महिला समाजकि अध्यक्ष  लक्ष्मी पुडासैनी,  समाजसेवी भावना ठकुरी ,गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा लगायत आयोजक संस्थाका पदाधिकारी सहित  स्वास्थ्यकर्मी र रक्तदाताको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।