पाचौँ ‘निसान कप’ अन्तर विद्यालय छात्र छात्रा फुटसल प्रतियोगिताको उपाधि जीवनतारा र रिम्स लाइ

पाचौँ ‘निसान कप’ अन्तर विद्यालय छात्र छात्रा फुटसल प्रतियोगिताको उपाधि जीवनतारा र रिम्स लाइ

कपन अनलाइन

काठमाडौँ, चैत्र २। राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्वारा आयोजित  पाचौँ ‘निसान कप’ अन्तर विद्यालय छात्र छात्रा  फुटसल प्रतियोगिता सम्पन्न भएको छ।  गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँ स्थित रम्बल फुटसल खेल  मैदानमा फागुन २५ गते देखि संचालन भएको सो प्रतियोगितामा छात्रछात्रा गरि   कुल ४० वटा बिध्यालयका टिमले सहभागिता जनाएका थिए।

सो प्रतियोगितामा छात्रतर्फ समता शिक्षा निकेतन लाई २–० गोल अन्तरले हराउँदै रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)ले उपाधि जितेको छ। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा  रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स)का जर्सी नं ४ का खेलाडी सजन मोक्तान र जर्सी नं १८ का आयुष मोक्तानले गोल गर्दै   उपाधि माथि कब्जा जनाएका हुन। त्यसै गरि   छात्रा तर्फ छहारी शिक्षा सदन र जीवनतारा एकेडेमी बीच भएको  फाइनल खेलमा जीवनतारा एकेडेमीले छहारी शिक्षा सदन लाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको छ ।

त्यसैगरि तेस्रो स्थानको लागि छात्र तर्फ त्रिकोण एकेडेमी र अरुणोदय माबी बीच भएको खेलमात्रिकोण एकेडेमीलाई २–१ गोल अन्तरले हराउँदै अरुणोदय माविले तेस्रो स्थानको उपाधि जितेको छ। त्यस्तै छात्रातर्फ भने सांग्रिला पब्लिक स्कुल तेस्रो स्थान हासिल गरेको छ ।  सांग्रिलाले अरुणोदय माविलाई २–० गोल अन्तरले पराजीत गर्दै तेस्रो स्थान पक्का गरेको थियो।

 प्रतियोगितामा प्रथम हुने रिडर्स इन्टरनेसनल मोडेल स्कुल(रिम्स) र जीवन तारा एकेडेमीलेनगद रु १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ भने दितीय भएको छहारी शिक्षा सदन र समता शिक्षा निकेतनले  नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।त्यसै गरि तृतीय स्थान हासिल गर्ने  सांग्रिला माबी र अरुणोदय माविले नगद रु ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ  ।प्रतियोगितामा  क्रिस्चियन कम्युनिटि स्कुल मुलपानीका राज श्रेष्ठ सर्वाधिक गोलकर्ता बने भने छात्रातर्फ अरुणोदयकी सुनिता राई सर्वाधिक गोलकर्ता बनिन् ।त्यसै गरि  छात्र र छात्रातर्फको खेलाडी क्रमशः समता स्कुलका निशान मगर,छहारी शिक्षा सदनकी सबिना तामाङ उत्कृष्ट खेलाडी घोषित भए।उत्कृष्ट गोल रक्षकको उपाधि भने छात्रतर्फ रिम्सका सुरेन्द्र तामाङले र छात्रातर्फ जीवन ताराकी स्मृति शंकरले हात पारिन्। त्यसै गरि प्रतियोगितामा छात्र तर्फ फेयर प्ले को उपाधि गोकर्णेश्वर लाइट एकेडमीले प्राप्त गर्यो भने छात्रा तर्फ सांग्रिला पब्लिक स्कुल घोसित भयो।

 राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रम को समापन प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल, नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका ८ का वडा अध्यक्ष   मनोज ढुङ्गाना   , प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इसान अध्यक्ष राजकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, लर्ड बुद्ध इन्सिच्युटका बिधान लिम्बु, संचारकर्मी सुदर्शन बजगाई, अत्तरखेल युवा समाजका सचिब दिनेश राइ बादोरियो कराते डो एसोसिएसनका अरुण कार्की, जीवनतारा एकेडमीका प्रिन्सिपल अमर गिरि, रिडर्स इन्टरनेसनल मोडेल स्कुल(रिम्स)का प्रिन्सिपल बालमुकुन्द कार्की लगायत बिभिन्न सहभागी बिध्यालयका प्रिन्सिपल ,शिक्षक प्रतिनिधि ,खेलाडी बिद्यार्थी तथा खेलप्रेमी दर्शकहरुको  उपस्थिति रहेको थियो।। कार्यक्रम संचालन  गोकर्णेश्वर लाइट एकेडमीका प्रिन्सिपल सौर्यनाथ आचार्यले गरेका थिए।

 निसानका कोषाध्यक्ष नवराज सापकोटाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका  थिए ।कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज कुमार ढुंगाना लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर  नगरपालिकाकी  उप प्रमुख शान्ती नेपालले आयोजकलाइ धन्यबाद दिदै खेलकुदको बिकासका लागि यस्ता खालका कार्यक्रम बिध्यालय  तह देखिनै गर्नुपर्नेमा जोड दिएकी थिइन्। उनले गोकर्णेश्वर नगरपालिकामा खेलकुद्को विकास गर्नका लागि बिभिन्न खेलकुद समिति गठन गरेको र सोहि समिति मार्फत खेलकुदका कार्यक्रम गर्दै आएको जानकारी गराउदै त्यस्ता प्रतियोगिता बाट गोकर्णेश्वर नगरपालिका मात्र नभई राष्ट्रको लागि प्रतिभावान खेलाडी उत्पादन हुने बिश्वास व्यक्त गरेकी थिइन ।

कार्यक्रममा बिजेता उप बिजेता तेस्रो र चौथो स्थान  सहित उत्कृष्ट खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका  उप प्रमुख शान्ती नेपाल   नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका ८ का वडा अध्यक्ष   मनोज ढुङ्गाना  , प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, इसान अध्यक्ष राजकुमार श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, लर्ड बुद्ध इन्सिच्युटका बिधान लिम्बु, संचारकर्मी सुदर्शन बजगाई, अत्तरखेल युवा समाजका सचिब दिनेश राइ बादोरियो कराते डो एसोसिएसनका अरुण कार्की लगायतले पुरस्कार वितरण गरेका  थिए। कार्यक्रम सफलता पुर्वक सम्पन्न सहयोग गर्ने संघ संस्था तथा ब्यक्तिहरु सहित रेफ्रीहरुलाई समेत सम्मान गरिएको थियो।  

अध्यक्षताको आसन बाट बोल्दै राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान)का अध्यक्ष ओम प्रसाद ढकालले निसानले आयोजना गरेको कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न सहयोग गर्ने तथा समापन सत्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ आयोजना गरिदै आएको छात्र छात्रा फुटसल प्रतियोगिता ५ औं संस्करण  सम्म आइपुगेको बताए ।

स्वस्थ रहनका  लागि खेलकुद आवश्यक रहनुका साथ खेलकुदबाट  नै बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए । उनले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउने पनि बताए । बिद्यार्थीहरुको चौतर्फी विकासका लागि पनि खेलकुद आवश्यक रहेकोमा जोड दिदै समय सयममा संचालन हुने यस्ता  अतिरिक्त क्रियाकलापले बिद्यार्थीको पढाईमा थप उर्जा मिल्ने समेत बताए । प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।