अभियुक्तले रुखमा चडेर मर्ने धम्कि दिदा काठमाडौं गोकर्णेश्वरमा तनाव
कपन अनलाइन
काठमाडौं ,चैत्र २।
एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा आइतबार काठमाडौं प्रहरीलाई दिनभर तनाव भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ सुन्ताखानामा चोरी गरेर फरार भएका अभियुक्त पक्राउ गर्न प्रहरीको विपद् व्यवस्थापन टोलीदेखि मानसिक रोग विशेषज्ञ समेत खट्नु परेको छ ।
मकवानपुरको हाँडिखोलाका ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाइवाले गोकर्णको खोँचको रुखमा चढेर प्रहरी रुखको फेदमा पुगेपछि हाम फालेर मर्छु भनेपछि प्रहरी तनावमा परेको थियो।
प्रहरीका विभिन्न युनिट जम्मा भएपछि पनि चार घण्टापछि मात्रै पक्राउ गर्न सफल भएका छन ।वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बज्न लाग्दा फेला पारेको थियो।
गोकर्णेश्वर नगरपालिका ४ उत्तरवाहिनीस्थित कान्ति भैरव मन्दिरनजिकै लुकीछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा फरार भएर रुख चढेका थिए ।
काठमाडौंबाट डीएसपीको कमाण्डमा अर्को टोली र विपद व्यवस्थापनको उद्धार टोली पनि परिचालन गर्नुका साथै आत्महत्या गर्नलागेको व्यक्तिलाई सम्झाइ बुझाइ गरी सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पतालबाट मानसिक रोग विशेषज्ञ एसपी डा.आशिष दत्त समेत घटनास्थलमा पुगेका थिए ।
डा. आशिष दत्तले आत्महत्या गर्न लागेक व्यक्तिलाई करिब १ घण्टा परामर्शपछि दिएपछि उनी फर्किन सहमत भएका थिए।उद्धारपछि पक्राउ गरिएका वाइवाविरुद्ध कानूनी कारबाही अगाडि बढाइएको एसपी बस्नेतले बताएका छन ।