एडभान्स चामुण्डा इन्ष्टिच्यूटले अनिवार्य गणित अध्यापन गराउने शिक्षकहरुलाई तालिम प्रदान गर्यो
कपन अनलाइन
काठमाडौं, चैत्र १ ।राजधानीको पुर्बी भेगमा आफ्नो छुट्टै नाम र पहिचान सहित शैक्षिक गुणस्तरमा वृद्धि गर्दै अन्य शैक्षिक संस्था संगको आत्मियतालाइ अझ प्रगाढ बनाउदै आएको एडभान्स चामुण्डा (एडी) इन्ष्टिच्यूट द्वारा आयोजित एक दिने निशुल्क अनिवार्य गणित बिषयका शिक्षक तालिम सम्पन्न गरेको छ ।
काठमाण्डौका पुर्वी भेगमा अवस्थित विद्यालयमा कक्षा १० को अनिवार्य गणित बिषय अध्यापन गराउने शिक्षकहरुका लागिआयोजित उक्त १ दिने तालिममा नेपालका ख्यातीप्राप्त गणित बिषयका प्रशिक्षकहरु रमेश अवस्थी बासुदेब दवाडी लगायतले प्रशिक्षण प्रदान गरेका थिए।
हामी गफमा होइन , काममा बिश्वास गर्छौ भन्ने मुल नाराको साथमा शनिबार चाबहिलमा रहेको बिनायक सिद्ध कलेजको सभा हलमा संचालन भएको उक्ततालिममा बिभिन्न बिध्यालयका करिब ५० जना गणित बिषयका शिक्षकहरु सहभागी भएका थिए ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत दिएको तालिम संचालक तथा एड्भान्स चामुण्डा इन्सिच्युटका प्रोपाइटर दिपक रायमाझीले जानकारी गराए । रायमाझीका अनुसार २०६३ साल देखि एडभान्स चामुण्डा इन्सिच्युटले आयोजना गर्दै आएको एस ई ई दिने बिद्यार्थीहरुको लागि प्रतियोगी परीक्षालाइ निरन्तरता दिने जानकारी गराउदै चैत्र २८ गते गणित बिषयको प्रतियोगी परीक्षा समेत आयोजना गर्न लागिएको जानकारी गराएका थिए ।