लायन्स क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, चैत्र १ ।सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफे द्वारा आयोजित नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ५को कार्यालय प्राङ्गण जोरपाटीमा  बिहान १० बजे देखि दिउसो २ बजे सम्म चलेको उक्त  रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं डाँफेका फर्स्ट भाइस प्रेसिडेन्ट लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराए।

उनले धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाएपनि स्वास्थ्य लगायतको कारणले  गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै  रगत दान गर्ने गर्ने तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबको तर्फ बाट धन्यबाद दिएका छन् ।लायन्स क्लब अफ काठमाडौं डाँफेका फर्स्ट भाइस प्रेसिडेन्ट लायन बच्चुराम शर्मा कुइकेलले शनिबार भएको रक्तदान कार्यक्रममा रक्तदान गर्दै  यो संगैआफ्नो जीवनको  ५६ औ पटकको रक्तदान भएको समेत जानकारी गराएका थिए।

कार्यक्रममा  लायन्स लिडरतथा सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्टृक कोर्डिनेटर लायन कुमार राज सुवेदी लायन महेश आचार्य क्लबकी प्रेसिडेन्ट लायन पदमा पुडासैनी लगायतले रक्तदान गर्नेहरुलाई धन्यवाद सहित प्रमाण पत्र वितरण गरेका थिए ।  लायन्स क्लब अफ काठमाडौं डाँफेले हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।