राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा चन्द्रागिरि-१ दहचोक स्थित काजी कालु पाँडेको समाधिस्थलको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा चन्द्रागिरि-१ दहचोक स्थित काजी कालु पाँडेको समाधिस्थलको अवलोकन

कपन अनलाइन

काठमाडौं फागुन २९।राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थल लगायत दहचोकमा रहेका बिभिन्न महत्वपूर्ण सम्पदाको अवलोकन भ्रमण गरेकी छिन् ।  उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण  गर्नुको साथै  सो संगै  निर्माण गरिएको दहचोक ‘भ्यू टावर’बाट काठमाडौँ उपत्यकासहित आसपासको दृश्यावलोकन समेत गरेकी  थिइन्   ।  अवलोकन भ्रमणमा उनि  संगै    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ चन्द्रागिरी नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसी लगायतले  दहचोकको ऐतिहासिक तथा धार्मिक पक्षबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

ऐतिहासक तथा धार्मिक पर्यटकीयस्थल दहचोकलाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । दहचोकमा इन्द्रदह पनि रहेको छ । सो ठाउँमा हरेक वर्ष फागनु ९ गते इन्द्रदह पर्यटन महोत्सव हुँदै आएको छ ।दहचोकमा आन्तरिक पर्यटकको घुइँचो लाग्दै आएको छ । विशेषतः सार्वजनिक बिदाका दिन उपत्यका र आसपासका वासिन्दा मनोरञ्जनका लागि दहचोक पुग्ने गरेका छन् । दहचोकबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट र गोरखालगायत क्षेत्र देख्न सकिन्छ ।

नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका प्रधानसेनापति कालु पाँडेले कीर्तिपुर युद्धका क्रममा विसं १८१४ जेठ १९ गते वीरगति प्राप्त गर्नुभएको थियो ।काजी कालु पाँडेले आफ्नो मृत्युपछि ‘गोरखा र मनकमनाको दर्शन हुने सक्ने गरी मेरो शरीर समाधिस्थ गर्नू’ भन्ने इच्छा व्यक्त गरेको हुँदा तत्कालीन गोरखाका राजा पृथ्वीनाराण शाहको निर्देशनमा दहचोकको डाँडामा उनको समाधिस्थ गरिएको इतिहास छ ।

तपाइँको प्रतिक्रिया ।