आज शिवरात्री : गोकर्णेश्वर महादेव मन्दिरमा बिहानै देखि भक्तजनको भिड

आज शिवरात्री : गोकर्णेश्वर महादेव मन्दिरमा बिहानै देखि  भक्तजनको भिड

कपन अनलाइन

काठमाडौं फागुन २७ ।आज महाशिवरात्री पर्व  देशभरबिहानैदेखि पशुपतिनाथ  गोकर्णेश्वर महादेव मन्दिर  लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । हिन्दूहरुको महत्वपूर्ण चाडमध्ये एक मानिने यो पर्व फागुन कृष्ण चतुर्दशीका दिन मनाइने  शिव रात्रिमा रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ । कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अर्पण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ।

राजधानीका पशुपतिनाथ मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका  छन । गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ। गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो। गोकर्णेश्वर नगरपालिकाले ७५ लाख रूपैयाँको अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको  छ ।

पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ। दुवैको एकआपसमा सम्बन्ध रहेको  छ।हिन्दु धर्मावलम्वीले शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ। कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर मा बिहानै देखि भजन कृतन प्रसाद वितरण लगायतको काम व्यवस्थित तवर बाट भईरहेको छ आजनै मन्दिर क्षेत्रमा बिशेष आध्यात्मिक प्रवचन हुनेछ भने बेलुका बिशेष  बागमती गङ्गा आरति समेत आयोजना गरिदैछ ।

फोटो :आशिष तामाङ

तपाइँको प्रतिक्रिया ।