लायन्स क्लब ३२५ ए१ को सेकन्ड भाइस डिस्ट्रिक गभर्नर पदका लागि लायन नरनाथ सापकोटाले उम्मेद्वारी दिने

लायन्स क्लब  ३२५ ए१ को  सेकन्ड भाइस डिस्ट्रिक गभर्नर पदका लागि लायन नरनाथ सापकोटाले उम्मेद्वारी दिने

कपन अनलाइन

काठमाडौं ,फागुन २७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को लायन वर्ष २०२१/२२को सेकन्ड भाइस डिस्ट्रिक गभर्नर पदका लागि लायन्स क्लब अफ इटहरी सुनसरीका पुर्व अध्यक्ष लायन नरनाथ सापकोटा एम जे एफले  उमेद्वारी दिने भएका छन ।

उनको चैत्र १ गते आइतबार  अपरान्ह २ बजे काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्थित कुशल बैंकेटमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को लायन वर्ष २०२१/२२को सेकन्ड भाइस डिस्ट्रिक गभर्नर पदकालागि नोमिनेसन  कार्यक्रम आयोजना गरिएको हुँदा  उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले अनुरोध गरेको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ ए१ को चैत्र १४ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा डिस्ट्रिक कन्भेन्सन हुदैछ ।

 

तपाइँको प्रतिक्रिया ।