पशुपतिनाथ आउने भक्तजनहरुलाई गोकर्णेश्वर सम्म ल्याउन पहल गरिएको छ :सन्तोष चालिसे (नगर प्रमुख)

पशुपतिनाथ आउने भक्तजनहरुलाई गोकर्णेश्वर सम्म ल्याउन पहल गरिएको छ :सन्तोष चालिसे (नगर प्रमुख)

कपन अनलाइन

काठमाडौं ,फागुन २७। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा डिजिटल डिस्प्ले बोर्ड जडान गरिएको छ । गोकर्णेश्वरको धार्मिक ऐतिहासिक पौराणिक र पुरातात्विक महत्वलाई प्रचारप्रसार  भौगोलिक स्थिति पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिनको लागि जडान  गरिएको उक्त डिजिटल डिस्प्लेको बुधबार  एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उप प्रमुख शान्ती नेपालले संयुक्त रुपमा  उद्घाटन गरेका हुन ।

डिजिटल डिस्प्लेको उदघाटन गर्दै नगर प्रमुख सन्तोष चालिसेले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले धेरै कार्यक्रम अघि सारेको जस अन्तर्गत डिजिटल डिस्प्ले पनि एक भएको बताए। उनले  पशुपति नाथ मन्दिर परिसरमा एक वर्ष अघि डिजिटल डिस्प्ले जडान गरेको स्मरण गर्दै पशुपतिनाथ-गोकर्णेश्वर-सुन्दरीमाई-श्वेतबाराही हुदै बागद्वार सम्म जोड्ने गरि कार्यक्रम नगरपालिकाले धामको अवधारणा अघि सारेको बताए ।

उनले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न लागेको जानकारी दिदै नगरभित्र रहेका धार्मिक क्षेत्रको संरक्षणमानगरपालिकाले चासो देखाएको भन्दै त्यस्ता सम्पदा संरक्षण गर्न नगरपालीले धार्मिक समितिनै गठन गरि काम अघि बढाएको बताए । त्यसै अन्तर्गत बागद्वार सम्म दुइ पांग्रे सवारी साधन पुग्न सक्ने गरि पूर्वाधार निर्माण गरिएको   बताए । संस्कृति, मठमन्दिरले समाजलाई जोड्नुका साथै सही मार्ग देखाउने भएकाले प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्व बोकेका क्षेत्रको संरक्षण नगरपालिकाले गर्ने भन्दै मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने अभियानमा सबै जना एक जुट हुनुपर्ने बताए  ।उनले नगरपालिका भित्रिने पर्यटकको लागि जानकारी दिन सो डिजिटल डिस्प्ले  बोर्ड  उपयोगी हुने  बिश्वास ब्यक्त गर्दै त्यसको संरक्षणमा जोड दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।