ज्ञान प्रकास मावी चम्पादेवीको अध्यक्षमा नेकपा एमालेका नेता शान्ति बहादुर थापा
कपन अनलाइन
ओखलढुंगा ,फागुन २६।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरीमा रहेको ज्ञान प्रकास मावीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा एमालेका नेता शान्ति बहादुर थापा चयन भएका छन।
ज्ञान प्रकाश मावी घोराखोरीमा भएको अभिभावक भेलाले अध्यक्ष थापा सहित सदस्यहरुमा ऋषिलाल न्यौपाने,पदम कुमारी घिमिरे,लक्ष्मी कार्की (खडका) ,अशोक खडका, तिलक खडका र मोहन थापालाई चयन गरेको छ।
गाउँपालिकाका ८ वटा वडाका विद्यार्थीहरुले अध्ययन गर्दै आएको ज्ञान प्रकास मावीमा विद्यालय व्यवस्थापन समिति चयन र नेतृत्वलाई प्रतिष्ठाको विषय बनाएर केहि समय प्रचारवाजी भए पनि अन्तत नेकपा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सर्वसम्मत व्यवस्थापन समिति चयन गरेका छन।
तिनै पार्टी बाट सदस्य]हरुको सहभागिता संगै व्यवस्थापन समिति गठन गर्दै गाउँपालिकामा शिक्षामा राजनीतिलाई प्रतिष्ठाको विषय भन्दा पनि सामुहिक पहलको थालनी गरेको एक नेताले बताएका छन।
गाउँपालिकाका अन्य विद्यालयहरुमा निर्वाचन मार्फत व्यवस्थापन समिति चयन गरेर निर्वाचनको झल्को दिएका राजनीतिक दलहरु ज्ञान प्रकास मावीका पुर्व विद्यार्थी,अभिभावक र विद्यार्थीहरुको माग र दवाव सम्बोधन हुनु राम्रो भएको एक अभिभावकले बताएका छन।